पाणिनी तपोभुमिको प्रचारप्रसार र यसको पर्यटकीय सम्भावनालाई सार्थक तुल्याउन पाणिनी गाउँपालिकाले विविध कार्यक्रमहरु संचालन गरिरहेको छ ।
यसै सन्दर्भमा पवित्र स्थल पाणिनि तपोभूमिमा आगामि चैत्र २७ र २८ गते २ दिन सम्म पाणिनी सम्मेलन गर्नेगरी परामर्श, अन्तरक्रिया कार्यक्रमहरु संचालन भैरहेका छन ।
यसैबीच सम्मेलनको पूर्व तयारी स्वरूप लुम्विनी प्रदेशको पर्यटन विकास परिषदको सभाहल बुटबलमा सरोकारवालासङ्ग अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशी, प्रशासकीय अधिकृत सिता पोख्रेल अर्याल, अधिकृत शंकर पौडेल, पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने लगायतको टोली संग पाणिनी गाउँपालिकाका साविकका ८ वटा गा.वि.स.हरू पणेना, पोखराथोक, खिदिम, पटौटी, मैदान, धातिवाङ्ग, अड्गुरी र पाली रूपन्देही सम्पर्क समाजका अध्यक्षहरू तथा पदाधिकारी, पूर्व अध्यक्षहरू, लगायत सरोकारवाला ब्यक्तित्वहरूको उपस्थितिमा महोत्सवको तयारी र सफलता पुर्वक परिणाम दिनेगरि सम्पन्न गर्ने बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
लुम्विनी प्रदेशको पर्यटन विकास परिषद र पाणिनी गाउँपालिकाको संयुक्त आयोजनामा संचालन हुने सम्मेलन सफल पार्न ८ बटै सम्पर्क समाजबाट सहभागीहरुले आ आफ्नो क्षेत्रबाट आवस्यक सम्पुर्ण रुपमा सधाउने प्रतिबद्धता ब्याक्त गरेका छन । नेपाल सरकारले घोषणा गरेका १०० पर्यटकीय गन्तव्य मध्ये पाणिनी तपोभूमि पनि समावेस भएको छ ।
सम्मेलनमा पाणिनी तपोभूमिको परिचय, ऐतिहाँसिक पृष्ठभूमि,वर्तमान र भविष्य, पाणिनी सुत्र र पाणिनीका कृतिहरु, पूर्विय दर्शनका आर्थिक, सामाजिक, राजनैतिक र नैतिक आयामहरु साथै पाणिनी तपोभुमिको दिर्घकालिन गुरुयोजना विषयमा विज्ञ ब्याक्तित्वहरूबाट प्रतिबेदन प्रस्तुतिकरण हुने हुँदा सम्लेलन पछि पाणिनी तपोभूमिको महत्व र गरिमामा अझ बृद्धि भई पर्यटन विकासमा ठुलो टेवा पुग्ने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले वताउनु बताउनु भएको छ । साथै पाणिनी क्षेत्रको गुरु योजना अनुसारको विकासका लागि तीनै तहको सरकार र सरोकारवाला सबै मिलेर योगदान पुर्याउनु पर्ने कुरामा न्यौपानेले जोड दिनुभएको छ ।