२ पुस २०८२, बुधबार
२ पुस २०८२, बुधबार

अन्तरजातीय बिबाह गर्ने जोडिलाई रुकुमपुर्वमा सम्मान

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ मा युवक–युवतीले एकआपसमा  आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने र माया दर्साउने गर्दछन ।

पछिल्लो समय नेपालमा पनि यसको प्रभाव पर्न थालेको देखिन्छ । यसै सन्दर्भमा देशको सामाजिक प्रचलन र जातिय बिभेदलाई चुनौती दिदै अन्तरजातीय प्रेम र बिवाहले पनि प्राथमिकता पाउन थालेको देखिन्छ । यसैबीच रुकुम पुर्वमा एक जोडिले गरेको अन्तरजातीय बिबाह गर्ने जोडिलाई जिल्लाकाे भूमे गाउँपालिका वडा नं.३ सुन्तलावारि घर भएका अखिल क्रान्तिकारी रुकुमपूर्वमा अध्यक्ष चन्द्र रसाइलीले सम्मान गरेका छन्।गाउँ समाजमा जरा गाडेर बसेकाे  जातीय विभेद र परम्परागत सोचलाई तोड्न रसाइलीले भूमे ३  सिमाका स्याम कुमार सुनार र उनकी प्रेमी जुनतारा पुनलाई समाजमा उदाहरणीय जाेडिलाई प्रणय दिवस अवसर पारेर सम्मान गरेका हुन्।

अहिलेकाे २१ साैं शताब्दीकोमा पनि समाजमा  जातियताको कुरा उठने गरेको छ। अन्तरजातीय विवाहलाई सहज बनाउन सरकारले  नीतिगत रुपमा परिवर्तन आवश्यक रहेकाे रसाइलीले बताए । नाै वर्ष पहिले प्रेम विहाह गरेका स्याम कुमार र जुनताराकाे उदाहरणीय जाेडीलाई अझैसम्म माईती पक्षले स्वीकार्न नसकेको जुनताराले बताए । “समाजले  हामीलाई हेर्ने दृष्टिकोण फरक छ।तर  पछिल्लो समयसँगै हाम्रो संघर्षले परिणाम देखाईदिएकाे छ। याे नेै हाम्राे खुसी हाे ।स्याम कमारले भने  यसरी सम्मान पाउदा माईती पक्षले न स्वीकारे पनि प्रेमी जुनतारा म खुसीकाे जीवन विताई रहेका छाै स्याम कुमारले थपे।नेता रसाइलीले सुन्दर अन्तरजाती जाेडीकाे  तस्बिरमा  समाजकाे उदाहरणीय बनेकाे शुभकामना लेखेका छन्। नेता रसाइलीले समाजमा पछडिएकाे वर्ग र समुदायको आवाज उठाउँदै आउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार