महिला तथा जनजातिहरुका लागि स्थानीय सामाग्रीबाट अर्गानिक खाना बनाउने तालिम

महिला तथा जनजातिहरुका लागि स्थानीय सामाग्रीबाट अर्गानिक खाना बनाउने तालिम आज देखि अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न ७ मा सञ्चालन गरिएको छ ।

कार्यक्रम सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब. केसीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष केसीले स्थानीय स्तरमा उत्पादन हुने तथा पाइने वस्तुबाट अर्गानिक खाना बनाउने तालिमले स्थानीयलाई आत्मनिर्भर बनाउने र स्वराेजगार बनाउने स्थानीय उत्पादनकाे पहिचान हुने बताउदै यस्ता कार्यक्रमले स्थानीय महिला जनजातिलाई आत्मनिर्भर बनाउन सघाउ पुर्याउने बताउदै तालिम पछि सिकेको सिपलाई ब्यबहारमा उतारी लागू गर्न आग्रह गनु भएको थियोे १० दिनसम्मचल्ने तालिममा स्थानीय १६ जनाकाे सहभागी रहेको तालिममा स्थानीयस्तरमा उत्पादन हुने खाधान्न तरकारी बाट महिलालाई अर्गानिक खाना बनाउने तालिम दिईने वडा सचिब सीता बिसि पराजुलीले बताउनुभएको छ ।

कार्यक्रममा वडा सदस्य डुकलाल पाेखेल , मिना ज्ञवाली , स्वास्थ्य चाैकी प्रमुख प्रेमचन्द्र विक लगायतकाे सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली पाणिनि न्युज डट कमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार