३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

प्रकाश महतकाे  संझनामा  दाेश्राे वार्षिक  स्मृति दिवस

हिम लेकाली/ सन्धिखर्क ।
स्व . प्रकाश महतकाे  संझनामा  दाेश्राे वार्षिक  स्मृति दिवस मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा मनाईएकाे छ ।
अर्घाखाँची जिल्ला मालारानी ५ बाँगि पलास पाटामा २०४५ माघ  ३  गते  जन्मिनु भएका प्रकाश महत २०७९ फागुन ७ गते   माेरङ्ग जिल्लाकाे बिराटनगरमा   नेपाल खेलकुद महासंघकाे राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिकाे रूपमा सहभागी हुने क्रममा सवारि दुर्घटनामा परि मृत्युु भएको थियाे । उहाँ तत्कालीन खेलकुद महासंघकाे जिल्ला कमिटी सहसचिव हुनुहुन्थ्यो ।

नेपाल खेलकुद महासंघ अर्घाखाँचीकाे आयाेजनामा बुधबार  सम्पन्न स्मृति दिवसमा श्रर्द्धान्जली मन्तव्य राख्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीले प्रकाश महत एक उर्जावान ,गतिशील ,बहुमुखि प्रतिभाका धनी भएकाे बताउदै अल्पायुमै भएकाे दुखद निधनले पार्टीलाई अपूर्णनीय  क्षति भएकाे बताउनु भयाे ।


उहाँले  प्रकाशका   छाेरा छाेरि र  धर्म पत्नीकाे  रेखदेखमा पार्टी प्रमुख अभिभावक  भएकाे बताउनु भयाे । उहाँले यस बिषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी  शर्मा वली समेत   चिन्तित रहेकाे   र घटना मै प्रकाश का परिवारलाई भेटि रू .५ लाख सहयाेग प्रदान गरेकाे स्मरण गराउनु भयाे  । खेलकुद महासङ्घका केन्द्रिय सदस्य बिष्णु परियारले प्रकाशकाे सम्झनामा खेलकुँद महासंघ केन्द्रले १० लाख बराबरकाे अक्षय काेष स्थापना गर्ने  र    प्रकाश   लाई  महासंघकाे प्रथम सहिद घाेषणा   गर्ने निर्णय गरेकाे   बताउनु भयाे  । उहाँले  प्रत्येक वर्ष जिल्लामा प्रकाश स्मृति कप खेलकुद प्रतियाेगिता सन्चालन गर्दै  आएकाे  जानकारि दिनु  भयाे ।


कार्यक्रममा  नेकपा एमाले  जिल्ला अध्यक्ष पिताम्वर भुसाल ,प्रदेश कमिटी  सदस्य के.बि.भुसाल ,सराेज भुसाल , जिल्ला समन्वय  समिति  प्रमुख जिवनारायण काेईराला ,जिल्ला उपाध्यक्ष शम्भु पाेख्रेल ,सचिव ताेज बहादुर रायमाझी ,पार्टी जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगर उप प्रमुख मिश्रा आचार्य ,जिल्ला कमिटी सदस्य अनेमसंघ जिल्ला अध्यक्ष दिपा आचार्य , जिल्ला कमिटी सदस्य शुश्मा श्रेष्ठ  ,  प्रेस चाैतारी केन्द्रीय निर्वाचन आयाेग अध्यक्ष गणेश खनाल , प्रकाश महतकि धर्म पत्नी ईरा बस्नेत महत   लगायतका पार्टीका बिभिन्न तहका ब्याक्तिहरुको उपस्थिति  रहेकाे थियाे ।

अहिले  प्रकाश का छाेरा प्रिजन महत ११ बर्षका छन् र उनी  कक्षा ४ मा पढ्दै छन् भने छाेरि प्राप्ति महत  भर्खर २ बर्षकि पुगिन्  ।
कार्यक्रममा प्रकाशकाे तस्बिरमा फूल र अविर अर्पण गरि  माैन धारणा सहित   श्रर्द्धा सुमन ब्यक्त गरिएकाे थियाे ।


उक्त  कार्यक्रम  जिल्ला अध्यक्ष हेनरि बस्नेतकाे अध्यक्षता र  सचिव रन्जित परियारकाे सन्चालनमा  सम्पन्न भएको  थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार