चन्द्रमणी भट्टराई / अर्घाखाँची । पाणिनि गाउँपालिका, अर्घाखाँचीले आर्थिक वर्ष २०८१/०८२को साउनदेखी पौषसम्म स्वास्थ्य संस्थाहरू र शाखाबाट सम्पादित स्वास्थ्यसेवा प्रवाह र कार्यक्रमहरूको अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ।
गाउँपालिका सभाहलमा संचालित कार्यक्रममा पाणिनी गाउँपालिको स्वास्थ्य शाखा संयोजक शेषकान्त घिमिरले कार्यक्रम को उद्देश्य माथी प्रकाश गर्दै स्वास्थ्य संस्थाबाट प्रदान गरिएका सेवाहरूको अभिलेख अनुसारको Data अनलाइन रिपोटिङ DHIS/ LMIS मा प्रविष्ट भए नभएको एकिन गर्ने, स्वास्थ्य कार्यक्रमको लक्ष्य प्रगतिको समीक्षा, सुचना संकलन, प्राप्त सूचनालाई भेरिफिकेशन साथै सूचनाको गुणस्तर सुधार गर्ने, स्वास्थ्य सूचना व्यवस्थापनलाई सुदृढ र व्यवस्थीत बनाउने र सबल पक्ष तथा समस्याहरुको पहिचान गरी समाधानको लागी, सरोकार वाला सबै निकायले अपनत्व लिने कार्यक्रमको उद्देश्य रहेको वताउनु भयो । साथै उहाँले सहभागी विचबाट उठेका सवाल तथा जिज्ञासा हरुको जवाफ तथा सम्बोधन पनि गर्नु भयो ।
कार्यक्रममा सबै स्वास्थ्य संस्था प्रमुखहरुले आ आफ्नो स्वास्थ्य संस्थाबाट संपादन भएका साउन देखि पौष सम्मको स्वास्थ्य कार्यक्रम तथा सूचकहरुमा भएको प्रगतिको विवरणहरु पनि प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले स्वास्थ्य संस्था तथा कर्मचारीहरुलाइ प्रविधि मैत्री बनाउनु पर्ने र त्यसको लागि आवश्यक तालिम तथा कम्प्युटर, ल्या, प्रोजेक्टर आदी उपलब्ध गराउनुपर्नेमा जोड दिदै आफुहरु पनि सहकार्यको लागी तयार रहेको बताउनुभयो ।
स्वास्थ्य शाखा सह संयोजक राम प्रसाद घिमिरेले संघिय सरकारबाट विनियोजीत बजेट अन्तर्गतका ससर्तका स्वास्थ्य कार्यक्रमको ४० प्रतिशत र पालिकाबाट विनियोजित बजेट अन्तर्गतका स्वास्थ्य कार्यक्रमको २० प्रतिशत वित्तिय प्रगती भएको बताउदै हालसम्म पालिकाबाट सन्चालित स्वास्थ्यका कार्यक्रम र खर्चको विवरण सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा गाउपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम , वडा अध्यक्षहरु, पालिकाका विभिन्न शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा सह संयोजक राम प्रसाद घिमिरेले गर्नुभएको थियो ।