प्रतीक्षा बेल्वासे / बुटवल
अड्गुरि समाज रुपन्देहिको आयोजनमा युवा प्रशिक्षण तथा सचेतना कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ ।
ब्यक्तिलाई ज्ञान ,सीप र धारणाको अभिबृद्वी गर्दै समाजसँग जोड्ने मुल उद्देश्यका साथ गार्गी एकेडेमी बुटवल ११ देबिनगरमा कार्यक्रम सम्पन्न गरिएको हो ।
अड्गुरिको समाजका अध्यक्ष राम प्रसाद पन्थिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा Tuna टेक्नोलोजिका CEO तथा कार्यक्रमका प्रमुख प्रशिक्षक राजिब गौतमको प्रमुख आतिथ्य रहेको थियो ।
समाजका पुर्व अध्यक्ष कृष्ण अधिकारी, लुकराज न्यौपाने , निबर्तमान अध्यक्ष शिव बस्नेत ,उपाध्यक्ष नारायण घिमिरे ,कोषाध्यक्ष माधब आचार्य,सचिब दिनेश पाण्डे , शिवजी अधिकारि, शान्ता घिमिरे, राधा पन्थी, गाग्री एकेडेमिका प्राचार्य भुवन अधिकारी लगायत अतिथिहरुको उपस्थिती रहेको कार्यक्रममा नारायण घिमिरे ,सरोज पन्थी प्रशिक्षकको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पुर्व अध्यक्ष लुकराज न्यौपानेले अड्गुरी समाजको स्थापनाको उदेश्य ,वर्तमान कार्यबिधी र भावी योजनाका बारेमा प्रस्ट पार्नुभएको छ ।
प्रमुख प्रशिक्षक राजिब गौतमले सामाजिक संजालको अत्यधिक प्रयोगले युवा पुस्तामा पारेको नकारात्मक प्रभाव र सहि प्रयोग गर्न सकेमा त्यसबाट लिन सकिने लाभको बारेमा बताउनुभएको थियो । गलत लत र संगतले ब्यक्तिको जिबनलाई असफलता तिर धकेल्ने हुँदा सहि संगतमा लाग्न र अभिभावकले सधै राम्रो बाटो देखाउने हुँदा उहाँहरुको कुरालाई मनन गरेर अगाडि बढ्न जोड दिनुभएको थियो ।ब्यक्तिलाई सफल बन्न कसैको सानो सहयोगले पनि महत्त्वपूर्ण भुमिका खेल्ने कुरालाई पानी र आगोबाट उहाँले प्रस्तुत गर्नुभएको डेमोले उपस्थित सबैको ध्यानाकर्षण गरेको थियो ।
प्रशिक्षक नारायण घिमिरेले अहिलेको जल्दोबल्दो समस्याको रुपमा रहेको अन्लाईन ठगिबाट जोगिन सबैलाई सुझाव दिनुभएको थियो ।आफ्ना ब्यक्तिगत सुचना तथा विवरण कसैसँग सेयर नगर्न र विभिन्न अपरिचित नम्बर ,ग्रुपहरु बाट आएका म्यासेज तथा फोनहरु लाई बेवास्ता गर्न आग्रह गर्नुभएको थियो ।
अर्का प्रशिक्षक सरोज पन्थिले विभिन्न अन्लाईन एपहरु लाई मनोरञ्जन तथा सुचना प्राप्त को लागि मात्रै प्रयोग नगर्न र ज्ञान हासिल गर्ने उद्देश्य र आम्दानीको स्रोतको रुपमा प्रयोग गर्न सके ब्यक्तिगत जिबनमा यस्ता एप्लिकेसनहरुले धेरै प्रभाव पार्ने कुरा बताउनुभएको थियो ।
साथै गार्गी एकेडेमिका प्राचार्य अधिकारिले संघर्ष र सफलताको कथा सुनाउदै निरन्तरको लगाब र मिहिनेतले जिबनमा जस्तोसुकै कठिनाई आईपरेतापनी सफलता हात पार्न सकिने हुँदा मिहिनेत गर्न नछोडी निरन्तर अगाडि बढ्न उत्प्रेरित गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष पन्थिले उपस्थित सम्पुर्णमा धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम गर्न आफू लागिपर्ने कुरा बताउनुभएको थियो ।
१५ देखि ३० उमेर समुहका युवा तथा विद्यार्थीहरुको लागि आयोजित उक्त कार्यक्रम मा करिब ५० जना प्रशिक्षार्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक सुर्यप्रसाद पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम संचालन संस्थाका महासचिब जीवन अधिकारिले गर्नुभएको थियो ।