नेपाल राष्ट्रिय शिक्षक संगठन पाणिनीको तेस्रो गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाको केन्द्र दुर्गाफाटमा सम्पन्न अधिवेशनले संगठनको नयाँ कार्य नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ।

नव निर्वाचित समितिको अध्यक्षमा शालिकराम बेल्वासे उपाध्यक्षमा बाबुराम भट्टराई, महिला उपाध्यक्षमा डेविट भुसाल, सचिव लक्ष्मण गौतम, महिला सचिवमा सीता पौडेल, कोषाध्यक्ष रामकुमार छिनाल, महिला कोषाध्यक्ष इन्दिरा थापा लगायत रहनुभएको छ ।
अधिवेसनले मीन बहादुर थापा र रोमाकान्त बेल्वासेलाई जिल्ला प्रतिनिधिको रुपमा छनोट पनि गरेको छ ।
यस्तै अधिवेशनले मेख बहादुर दर्लामी, खगेन्द्र घिमिरे, शंकर अधिकारी, निम बहादुर राष्कोटी, राधा हिमालि सहितको सल्लाहकार समिति पनि गठन गरेको छ।
यस अघि आजै सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन, पाणिनी र नेपाल निजामति कर्मचारी संगठन पाणिनीको संयुक्त रुपमा आयोजना गरिएको अधिवेशनको खुल्ला सत्रमा नेपाल निजामती कर्मचारी संगठन पाणिनीका अध्यक्ष शोभाखर भुसालको सभापतित्व, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्दिय सचिवालय सदस्य एवं नेपाल शिक्षक महासंघका उपमहासचिव राम प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला, नेकपा एमाले प्रदेश कमिटी सदस्य कुटमदिन अलि, जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी गौतम, गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला सल्लाहकार परिषद संयोजक टेकराज न्यौपाने, गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेल, गाउँकमिटी पाणिनिका अध्यक्ष गुनाखर अधिकारि, उपाध्यक्ष माधव गौतम, नेपाल निजामति कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष पशुपति खनाल, शिक्षक सङ्गठन जिल्ला कमिटी सदस्य कृष्ण प्रसाद पोख्रेल, लगायत सङ्गठन र नेताहरुको व्यापक उपस्थितिमा अधिवेशन सम्पन्न भएको छ ।


