२ पुस २०८२, बुधबार
२ पुस २०८२, बुधबार

अर्घाखाँची आवासीय माध्यमिक विद्यालयकाे ३६औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

हिम लेकाली
फागुन १२, सन्धिखर्क
अर्घाखाँची आवासीय माध्यमिक विद्यालय सन्धिखर्क २ वेलवाटीका काे ३६ औं बार्षिकाेत्सव तथा अभिभावक दिवस साेमबार  सन्धिखर्कमा  सम्पन्न भएकाे छ ।
विद्यालय ब्यबस्थापन  समितिका अध्यक्ष  लिल बहादुर राउत क्षेत्री काे अध्यक्षतामा  सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला  समन्वय समिति प्रमुख जीवनारायण काेईरालाले विद्यालय गरेका असल कामकाे प्रसंसा गर्दै विद्यालयकाे थप प्रगतिकाे शुभकामना ब्यक्त गर्नु भएको  थियाे ।


कार्यक्रममा पूर्व प्राथमिक  तह हुँदै  कक्षा ६ देखि १२  कक्षा  सम्मका  विद्यार्थीहरूलाई  पुरस्कार बितरण गरिएकाे थियाे । वार्षिक उत्सव लक्षित अतिरिक्त कृयाकलाप अन्तरगत विभिन्न कक्षामा अध्ययन गर्ने  विद्यार्थीहरूलाई मेडल तथा प्रमाण पत्र  वितरण गरिएकाे हाे  त्यसै  गरि   अभिभावक ,शिक्षक लक्षित   खेल कूद प्रतियोगिता मा बिजेता  अभिभावक ,  शिक्षक , कर्मचारी तथा विद्यालय संस्थापकहरू लाई समेत  मेडल र प्रमाणपत्र  प्रदान गरिएकाे छ । भने २०८० काे BLE , र  SEE  परीक्षामा प्रथम ,द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरू लाई पनि  पुरस्कार वितरण गरिएकाे छ ।
त्यसै गरि शिक्षण सामग्री  प्रदर्शनी तथा फुड फेस्टिवल   मा उत्कृष्ट हुने विद्यार्थीहरू समेत पुरस्कृत  भएका छन् ।
विद्यालयले गरेकाे प्रगति  र भावी याेजना काे बारेमा विद्यालय प्रवन्ध निर्देशक श्रीकृष्ण भुसालले प्रतिवेदन  प्रस्तुत   गर्नु भएको  थियाे ।


कार्यक्रममा  अर्घाखाँची शैक्षिक गुठिका अध्यक्ष राम बहादुर रायमाझी  , शिक्षक अभिभावक संघका अध्यक्ष हेमन्त  बेल्वासे  ,सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु  आचार्य  , कक्षा १० का विद्यार्थी क्षितिज पुन   लगाएतले  शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा निबृत कर्मचारी कमलराज  आचार्य र उत्कृष्ट कर्मचारी धन बहादुर थापालाई  नगद पुरस्कार सहित दाेसल्ला ओडाएर  सम्मान  गरिएकाे थियाे ।

कार्यक्रममा सनपा २ का वडा अध्यक्ष  माेतीजङ्ग रायमाझी  ,  अर्घाखाँची  शैक्षिक गुठि उपाध्यक्ष   नारायण प्रसाद बन्जाडे ,    विद्यालयका संस्थापक प्रिन्सिपल बुद्धिराम भुसाल ,  पाणिनी बहुमुखी क्याम्पसका प्राचार्य  दाेर्ण प्रसाद भुसाल ,  जनज्योति मा .वि  .का प्र.अ.माधव आचार्य    , प्याब्सन अर्घाखाँचीका धनिश्वर पाण्डे  ,  सन्धिखर्क ई .बाे . स्कुलका प्रिन्सिपल  शालिकराम भुसाल   ,   गाैरि शंकर ई.बाे. स्कूलका प्रिन्सिपल गणेश क्षेत्री  ,माेदरल्याण्ड ई.बाेर्डिङ्ग स्कूलकि प्रिन्सिपल पबित्रा भट्टराई , अर्घाखाँची ग्यालेक्सी ई.बाेर्डिङ्ग स्कुल बिहार बाट अविना मरासिनी  , रेन्वाेमन्टेश्वरि स्कुल सन्धिखर्कबाट भविश्र्वर थापा , गंगा आधारभुत बिद्यालयबाट प्रदिप  भण्डारी    ,  खेलकुद महासंघ केन्द्रीय  सदस्य तथा  मार्शल आर्ट जिल्ला  अध्यक्ष   बिष्णु परियार  ,पत्रकार हिम लेकाली , दामाेदर मरासिनी  र सागर मरासिनी  लगायतकाे उपस्थिति  रहेकाे थियाे ।
कार्यक्रममा स्वागत  मन्तव्य  प्रिन्सिपल चाेप नारायण  बन्जाडे   र स्वागत गीत कक्षा ९ का विद्यार्थी हरूले प्रस्तुत  गरेका थिए  भने   कार्यक्रम काे  सन्चालन शिक्षक धुर्व आचार्यले गर्न भएको  थियाे  ।

कार्यक्रममा नेपाल स्काउट अन्तरगत बेलवाटीका स्काउट ट्रुपका विद्यार्थीहरू  दिक्षान्त भएका छन् । स्काउट प्रशिक्षक तथा नेपाल स्काउट लुम्बिनी प्रदेश कार्य समिति सदस्य  श्रृजना आचार्य  र स्काउटर शिक्षिका कवीता घिमिरेले विद्यार्थी लाई दिक्षीत गर्नु भएकाे थियाे ।
कार्यक्रममा मार्शल आर्ट प्रशिक्षक तथा विद्यालय खेलकुद महासंघका उपाध्यक्ष प्रेम आलेले विद्यार्थीहरूबाट  ताईक्वान्दाे प्याट्रन प्रस्तुत गर्नु भएको  थियाे  ।


कार्यक्रममा उपस्थित अतिथिहरूलाई अध्यक्ष बाट मायाँकाे चिनाे समेत प्रदान गरिएकाे थियाे ।
विद्यालयका विद्यार्थीहरूले कार्यक्रमकाे बिच बिचमा प्रस्तुत गीत र नृत्यले कार्यक्रमकाे आकर्षणता थपेकाे  थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार