२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

लुम्बिनी प्रदेशमा दलित ऐनका लागि मस्यौदा तयार भयो : सभासद गैरे

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिका सभापति यमु गैरेले दलित समुदायकाे नेतृत्व विकास समाज सुढुणीकरण र समतामूलक समाज निर्माण समाजमा जागरुकता फैलाउन तथा समृद्धि ल्याउनका लागि जीवन सुधार ज्ञान मेलाले महत्वपूर्ण खेल्ने बताउनुभएकाे छ ।

कपिलवस्तु जिल्लामा दलित सामाजिक विकास केन्द्रकाे आयाेजना तथा यूनाईटेड टु नेपालको सहयोग र यशोधरा गाउँपालिकाको समन्वयमा सञ्चालित ज्ञान मेला कार्यक्रममा मन्तब्य राख्दै सभासद गैरे यस्तो बताउनुभएको हाे सभासद गैरेले कार्यक्रममा मन्तब्य राख्दै समयपरिवर्तन सङ्ग मानिसको जीवन पनि परिवर्तन हुनुभएकोले प्राप्त ज्ञान, सिप व्यक्तिगत प्रगतिको लागी मात्रै नभई समग्र समाजको सुधार र रुपान्तरणका लागी उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सभापति गैरेले विगतदेखि नै दलित तथा समाजका हरेक वर्गको हक हितको पक्षमा आफुले वकालत गर्दै आएको बताउदै लुम्बिनी प्रदेशमा दलित ऐनका लागि मस्यौदा समेत तयार भएको बताएका थिए यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम अचार्यले व्यक्तिको कला,क्षमता र सीप मेलामा प्रदर्शन गर्दा आर्थिक रुपमा लाभ हुनुका साथै आत्मविश्वास बढ्ने बताउनुभयो ।

उहाँले महिलाहरुका लागि विशेष गरि खानपान, सरसफाइमा सुधार हुने बताउँदै यस्ता मेलाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँनुभयो । कार्यक्रम माथि प्रकाश पार्दै दलित सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष तथा कार्यकारी निर्देशक राम शरण रैदासले जीवन सुधारमा यस्ता मेला पाठशाला बन्ने बताउँदै आर्थिक रुपमा समृद्धि हासिल गर्ने आधार प्रदान गर्ने बताउनुभयो । उहाँले मेलामा कृषि लगायत स्थानीय स्तरमा उत्पादन सामग्रीहरु ३६ वटा स्टलहरुमा प्रर्दशन गरिएको जानकारी दिदैं यस प्रकारको मेला पहिलो पटक आयोजना गरेको बताउनुभयो ।

दलित सामाजिक विकास केन्द्रका अध्यक्ष सुरजमति पासीले जिल्लामै पहिलो पटक फरक किसिमको मेला आयोजना गरेको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।यस्तै कार्यक्रममा विभिन्न खालका प्रतियोगितामा बिजेतालाई समान गर्दै पुरकार वितरण गरिएको थियो ।


संस्थाका अध्यक्ष सुरजमति पासिको अध्यक्षता,प्रमुख आतिथ्यता यामु गैरेको रहेको कार्यक्रमको सञ्चालन गोविन्द धवल र धन कुमारी चौधरीले गर्नुभएको थियो भने कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, बुद्धिजिवि पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार