३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

बधाई, शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले आज एक कार्यक्रमका बीच अर्घाखाँचीबाट ट्रेड युनियनको केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा नव आगन्तुक कर्मचारीहरुलाई स्वागत गरेको छ ।
रचनात्मक क्रियाकलपा गर्दै आईरहेको सिबिएले बधाई स्वागत तथा विदाईलाई आफ्नो नियमित कार्यक्रम बनाएको छ । जिल्लामा सरुवा तथा नयाँ नियुक्ति भएर आउनेहरुलाई स्वागत, सरुवा तथा निवृत भएर जानेहरुलाई समय समयमा विदाई गर्ने गर्दछ ।
आज सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित गणेश प्रसाद भण्डारी र युनियनका केन्द्रीय सदस्य रुकेन्द्र पालुङ्गेलाई बधाई तथा शुभकामना सहित सम्मान गरेको थियो । त्यसै गरी डिभिजन वन कार्यालयमा कार्यरत बरिष्ठ बन अधिकृत केशब खड्का, अर्घाखाँची जिल्ला अदालतका तहसिलदार मोहन रायमाझी, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गोमा बस्नेत, नापी कार्यालयका सर्भेक्षक पूजा नेपाली, अमिनहरु प्रविन भुसाल, लक्ष्मी थापा र संजय कनौजियाको स्वागत गरेको थियो ।
कार्यक्रममा बोल्दै नव निर्वाचित केन्द्रीय सदस्य गणेश प्रसाद भण्डारीले नव आगन्तुक कर्मचारीहरुलाई पर्ने समस्या समधानको लागि आश्वसन दिदै जनमैत्री सेवा प्रवालाई उच्च प्राथमिकतामा राख्न अनुरोध गरेका थिए । कार्यक्रममा युनियनका केन्द्रीय महाधिवेशन प्रतिनिधी योगेश पन्थी, सिबिएका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम उपाध्यक्ष हरि प्रसाद डुम्रेको संचालन र कृष्ण वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार