३ जेष्ठ २०८२, शनिबार
३ जेष्ठ २०८२, शनिबार

११५ औं अन्तर्राष्ट्रिय महिला दिवस  विभिन्न कार्यक्रमका साथ मनाईयाे

हिम लेकाली
फागुन २४ अर्घाखाँची
११५ औं अन्तर्राष्ट्रिय महिला दिवस ( 8 March 2025 ) ” सबै महिला तथा बालिकाकाेलागि   अधिकार ,समानता  र सशक्तीकरण ” भन्ने मुल नाराका साथ  सन्धिखर्कमा  मनाईएकाे छ ।
दिवसकाे अवसरमा सन्धिखर्क नगरपालिका महिला बालबालिका जेष्ठ नागरिक शाखाकाे आयाेजनामा लाेक गीत तथा नृत्य प्रतियोगिता  शनिबार सन्धिखर्क सभाहलमा सम्पन्न भएको  छ ।


नगरपालिका उप प्रमुख मिश्रा आचार्यकाे अध्यक्षतामामा सम्पन्न कार्यक्रममा    प्रमुख अतिथि जिल्ला समन्वय समिति  प्रमुख जीव नारायण काेईरालाले शुभकामना मन्तव्य राख्दै  हामी सबै  दिन दुखि महिला दिदिबहिनिहरूकाे सहयाेग र सेवामा जुट्न सके र उनिहरूकाे दयनिय अवस्था फेर्न सकेमा मात्र नारी दिवस मनाएकाे सार्थकता हुने बताउनु भयाे ।

उहाँले सबै नेपाली संस्कृति र जीवनमा पश्चिमा संस्कृति मिसिदै जाँदा हाम्रो संस्कृति बिकृत र लाेप हुँदै जाने स्थिति  बन्दै गएकाेले सम्पूर्ण दिदी बहिनिहरूलाई नेपाली पहिरन संस्कृति कलाकाे संरक्षणमा लाग्न आग्रह गर्नु भयाे ।

कार्यक्रममा जिल्ला समन्वय उप प्रमुख लक्ष्मी ज्ञवालीले विकास भनेकाे बाटाे घाटाे कुलाे कुलेसाे निर्माण गर्नु  मात्रै नभएकाे बताउँदै भाषा ,कला , साहित्य  संस्कृति पनि विकासका सूचक भएकाले यिनकाे विकास बिना देशकाे  समुन्नत  विकास हुन नसक्ने बताउँदै  सबैले  यस क्षेत्रमा याेजनाका साथ लाग्नु पर्ने बताउँनु भयाे ।

सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले  कर्मशिल , पाैरखि  महिलाहरूलाई अहिले थुप्रै अवसर भएकोले आफूहरूले  नगरपालिकाकाे तर्फबाट महिला सशक्तीकरण र आय आर्जनकाे बिषयमा थुप्रै तालिम ,प्रशिक्षण  र अनुदान प्रदान गरेकाे बताउनु भयाे ।

कार्यक्रममा  प्रमुख जिल्ला  अधिकारी बाबुराम अर्याल ,   सन्धिखर्क नगरपालिका १ नं.वडा अध्यक्ष   माधव श्रेष्ठ , नेपाल पत्रकार महासंघ अध्यक्ष  गणेश खनाल   , अखिल नेपाल महिला संघ  जिल्ला अध्यक्ष दिपा आचार्य , नेपाल महिला संघ सचिव छमा कार्कि ,    अखिल नेपाल महिला संघ जिल्ला  सचिव कल्पना पाेख्रेल  , अखिल नेपाल महिला संघ समाजवादी  पुष्पा भाट , अन्तर पार्टी महिला सन्जाल अध्यक्ष चन्द्रा गैरे , ब्रह्म कुमारि ईश्वरीय विश्व विद्यालयकि प्रमुख पूर्णिमा लगायतले   दिवसकाे उपलक्ष्यमा  शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

लाेकगीत तथा नृत्य प्रतियोगितामा  महिला समूह बाट ५ टिम काे सहभागीता रहेकाे थियाे ।उनिहरूले  महिला तथा बालबालिकाकाेलागि अधिकार समानता र सशक्तीकरण बिषयमा गीत  र  नृत्य प्रस्तुत गरेका थिए ।

साे प्रतियाेगितामा सुपा देउराली महिला विकास कृषि सहकारी संस्था  लि. सन्धिखर्क नगरपालिका ७ खाँचीकाेट प्रथम  भई प्रमाणपत्र सहित  नगद पुरस्कार रू १० हजार  प्राप्त गरे  ।

मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था सनपा १० द्वितीय स्थान प्राप्त  गरि रू .८ हजार  र प्रमाणपत्र प्राप्त गरे ।
त्यसै गरि  साना किसान कृषि सहकारी संस्था  लि. सनपा ८ ले तृतीय स्थान प्राप्त गरि नगद रू ६ हजार   सहित प्रमाणपत्र  प्राप्त गरेका छन् ।
अखिल नेपाल महिला संघ समाजवादी समूह र मानव अधिकारकालागि एकल महिला सन्जाल अर्घाखाँची दुबै समुहले  ले ४ हजार नगद पुरस्कार  प्रमाण पत्र  सहित  सान्त्वना स्थान  प्राप्त  गरेका छन् ।

बिजेता सबैलाई सन्धिखर्क नगर उप प्रमुख मिश्रा आचार्य र प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले प्रमाण पत्र र पुरस्कार प्रदानगर्नु भएकाे थियाे ।
साे कार्यकाे मुल्यांकनमा सन्धिखर्क नगरपालिका शाखा अधिकृत मञ्जु खनाल , साहित्यकार तथा सांस्कृतिक कर्मि   राधा आचार्य  , हिम लेकाली ले गर्नु भएको  थियाे ।
त्यसै गरि बाद्यवादनमा  राष्ट्रिय जन सांस्कृतिक महासंघका कलाकार राजेन्द्र  जि .सि र बलबहादुर रायमाझी ले सघाउनु भएकाे थियाे ।
कार्यक्रम मा सन्धिखर्क नगरपालिका १० र १२ का महिला पन्चेबाजा समुहले नृत्य र गित प्रस्तुत गरि कार्यक्रमलाई थप राैनकता प्रदान गरेका थिए ।यसै गरि विभिन्न स्रष्टाहरूले  कार्यक्रममा गीत, कविता पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू ,पत्रकार , नगरपालिकाका कर्मचारीहरूकाे उल्लेख्य उपस्थिति  रहेकाे थियाे ।

सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेलकुमारि परियारकाे स्वागत  र सन्धिखर्क नगरपालीका १ नं.बडा सचिव पुष्पा भुसालकाे सन्चालनमा कार्यक्रम  सम्पन्न भएको  हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार