माओवादी केन्द्र सन्धिखर्क नगर अध्यक्षमा पुनः भुसाल निर्वाचित

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सन्धिखर्क नगरपालिकाकाे तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः  माओवादी केन्द्रका नेता कृष्णहरि भुसाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

भुसालको अध्यक्षतामा ४३ सदस्य रहेको  सन्धिखर्क नगर कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको छ । नव निर्वाचित कमिटिको उपाध्यक्षमा सीता श्रीपाली,  नाम बहादुर रायमाझी (काजिमान),  बेदुराम भुसाल रहनुभएको छ । यस्तै  सचिवमा मोहन सिंह ठकुरी,  सहसचिवमा सरोज पौडेल, कृष्णादेवि बस्नेत कोषाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक दोर्णप्रसाद भुसालले बताउनुभएको छ । निर्वाचित अध्यक्ष तथा पदाधिकारी लगायत सदस्यलाई निर्वाचन संयोजक भुसालले सपथ गराउनु भएको थियोे । नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार बिक केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल , केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारी लगायतले शुभकामना दिदै पार्टीकाे जिम्मेवारीलाई गहनतापुर्वक लागू गदै नगरभित्रका भ्रष्टाचार, कुशासन लगायतको विराेध गदै पार्टीकाे सङ्गठनमा लाग्न आग्रह समेत गनुभएकाे थियोे । अधिवेशनकाे केही दिन पहिला माओवादी केन्द्र केन्द्रीय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभएको थियोे ।

अधिवेशनमा शपथ ग्रहण गदै अध्यक्ष कृष्णहरि भुसालले आफुले पाएको जिम्मेवारी जनताको जिम्मेवारी सम्झिई जनताका काम र  बिकास निर्माण, सुशासन र सङ्गठन बिस्तारमा प्रयोग गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली पाणिनि न्युज डट कमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार