२४ असार २०८२, मंगलबार
२४ असार २०८२, मंगलबार

मदरल्याण्ड ईङ्गलिस  बाेर्डिङ्ग  स्कुलकाे १८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

हिम लेकाली
फागुन  २५  सन्धिखर्क
मदरल्याण्ड ईङ्गलिस बाेर्डिङ्ग  स्कुल सन्धिखर्क १  अर्घाखाँचीकाे १८ औं बार्षिकाेत्सव तथा अभिभावक दिवस आईतवार   सन्धिखर्कमा  सम्पन्न भएकाे छ ।

विद्यालय ब्यबस्थापन  समितिका अध्यक्ष  विष्णु प्रसाद भुसालकाे  अध्यक्षतामा  सम्पन्न कार्यक्रममा प्रमुख अतिथि   सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले   प्रविधि मैत्री र गुणस्तरीय शिक्षा आजकाे आबस्यकता भएकाे बताउँदै   निजि विद्यालयले  गरेकाे उत्कृष्ट कामकाे प्रशंसा गर्नु भयाे ,निजि विद्यालयले गरेकाे उपलब्धि मुलक शैक्षिक कार्यबाट  सरकारि र सामुदायिक विद्यालयले शैक्षिक गतिबिधिका कृयाकलापहरूकाे अनुसरण गर्नुपर्ने कुरामा उहाँले जाेड दिनु भयाे । उहाँले मदरल्याण्ड विद्यालयकाे थप प्रगतिकाे शुभकामना  समेत ब्यक्त गर्नु भएको  थियाे ।
कार्यक्रममा विद्यार्थीहरूलाई  २०८० काे कक्षागत शैक्षिक उपलब्धि पुरस्कार प्रदान गरिएकाे थियाे ।    कक्षा नर्सरी देखि कक्षा ९ सम्मका   विद्यार्थीहरूलाई नगर प्रमुख  कृष्ण प्रसाद श्रेष्ठले  पुरस्कार बितरण गर्नु भएको  थियाे । त्यसै गरि   अतिरिक्त कृयाकलाप अन्तरगत विभिन्न कक्षामा अध्ययन गर्ने  विद्यार्थीहरूलाई मेडल तथा प्रमाण पत्र  वितरण गरिएकाे थियाे । नियमित हाजिर ,अनुशासन र स्वच्छता  र शिक्षण  सामाग्री प्रदर्शन जस्ता बिषयमा पनि उत्कृष्ट हुने विद्यार्थी पुरस्कृत भएका थिय  ।
त्यसै  गरि  २०८० काे   SEE  परीक्षामा  सर्वाउत्कृष्ठ     जि पि ए   प्राप्त गर्ने विद्यार्थीलाई पनि  पुरस्कार वितरण गरि सम्मान  गरिएकाे थियाे ।

कार्यक्रममा विद्यालयकाे शैक्षिक गतिविधि र भावी कार्य याेजनाकाे बारेमा विद्यालय प्रिन्सिपल  पवित्रा भट्टराईले प्रतिवेदन  प्रस्तुत   गर्नुभएको  थियाे ।

कार्यक्रममा  बिशिस्ट अतिथि  शिक्षा  विकास समन्वय प्रमुख   बिष्णु बेल्वासे ,  विद्यालय सन्चालक समिति अध्यक्ष बलराम बन्जाडे ,  कक्षा ९  मा अध्ययनरत  विद्यार्थी  अमन सेजवाल र कक्षा ६ मा अध्ययनरत विद्यार्थी   सितास्मा अर्याल    लगाएतले  शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।


कार्यक्रममा     प्रथम विद्यालय ब्यबस्थापन  समिति अध्यक्ष  राम प्रसाद भुसाल ,प्रथम सन्चालक समिति अध्यक्ष बल बहादुर कुवर र   लामाे समय सेवा प्रदान गर्नु हुने  शिक्षक    मधुसुदन भुसाल र  अन्य सम्पूर्ण शिक्षकहरू पनि सम्मानित  हुनु भएकाे छ । उहाँहरूलाई सम्मान पत्र सहित   सम्मान  गरिएकाे थियाे ।

कार्यक्रममा   , शिक्षक अभिभावक संघका अध्यक्ष जगत प्रसाद आचार्य , विद्यालय ब्यबस्थापन सदस्य धर्मराज भुसाल , मधुसुदन भुसाल ,मिरा सेजवाल ,बलराम मरासिनी ,सन्चालक समिति  सदस्य कृष्ण कुमार कुवर ,गाेविन्द भुसाल , याेगेन्द्र बहादुर खड्का  जनज्योति मा .वि .का  प्रतिनिधि काँसिराम गैरे ।   अर्घाखाँची  आवासिय माध्यमिक  विद्यालय बेलबाटिका प्रिन्सिपल  चाेप नारायण  बन्जाडे र  समाज कल्याण आधारभुत विद्यालय बाट रेशम आचार्य ,  शान्तिनगर टाेल विकास संस्था अध्यक्ष प्रेमलाल श्रेष्ठ , समता स्कूलका प्रिन्सिपल नविना के,सि, नेपाल पत्रकार महासंघ अर्घाखाँची उपाध्यक्ष  रूद्रमणि भुसाल  ,नेपाल पत्रकार महासंघका सदस्य  मधुकुमार श्रेष्ठ   , बिद्याम्सि ईलेक्ट्रिकका  दामाेदर मरासिनि ,  सिम टिभि नेटवर्कका प्राबिधिक   कमल क्षेत्री ,  अर्घाखाँची डट कम प्रतिनिधि   बविता के.सि. लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा स्वागत  मन्तव्य  शिक्षक अमृत भट्टराई  र स्वागत गीत कक्षा ६ का विद्यार्थी हरूले प्रस्तुत  गरेका थिए  भने   कार्यक्रमकाे  सन्चालन सहायक प्रधानाध्यापक   युवराज गैरेले गर्नु भएको  थियाे  ।

कार्यक्रममा नेपाल स्काउट अन्तरगत माेदरल्याण्ड  स्काउट दल (   स्काउट ब्यबस्थापन  समिति ) र स्काउट  ट्रुपका छात्र छात्राहरू स्काउट  प्रतिज्ञाकाे सफत  लिएका छन्  । स्काउट प्रशिक्षक तथा नेपाल स्काउट लुम्बिनी प्रदेश कार्य समिति सदस्य महिला विभाग तालिम प्रमुख  श्रृजना आचार्य  र  जनता कृष्ण मा.वि. स्काउटर शिक्षिका कवीता घिमिरेले शिक्षक , ब्यबस्थापन समिति र  विद्यार्थीहरूलाई  दिक्षीत गर्नु भएकाे थियाे ।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई अध्यक्ष बाट मायाँकाे चिनाे समेत प्रदान गरिएकाे थियाे ।
विद्यालयका विद्यार्थीहरूले कार्यक्रमकाे बिच बिचमा प्रस्तुत गीत कविता  र नृत्य  साथै  कक्षा ७ का विद्यार्थीहरूले  “मुवाईल र टिभि ” बिषयमा शन्देश मुलक नाटक   प्रस्तुतिले     कार्यक्रमकाे  थप आकर्शणता थपेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार