मालारानि गाउँपालिकाका एक युवा, जसले जीवनका अनेक संघर्षहरूलाई पार गर्दै आफूलाई समाजका लागि प्रेरणाको स्रोत बनाएका छन्। उनी हुन् बसन्त बहादुर चाैहानमा मनोबलमा कुनै कमी छैन।
बि.स. २०३० साल चैत १२ गते मालारानि गाउँपालिकाको वडा नम्बर-५ , चाैहानडाडामा जन्मिएका बसन्त बहादुर चाैहान मध्यम वर्गीय परिवारका माइलाे छोरा हुन्। बाल्यकालदेखि सङ्गितको क्षेत्रमा रुचि राख्ने उनी सामान्य लेख पढ गरेपछि पनि धेरै युवाजस्तै विदेश जाने योजना बनाए। उनी विदेश पनि गए, फर्किएपछि आफ्नै गाउँमा आएर कृषि कर्ममा रमाउन थाले ।
२०४८ सालमा मिना खड्का सँग बैबाहिक सम्वन्धमा बाधिएर श्रीमतीको साथमा उनले २०७१ सालमा गाउँमै कुखुरा फार्म सञ्चालन गरे। व्यवसाय राम्रो हुँदै गयो, पोल्ट्रीसँगै भैसि,गाई पालनसमेत सुरु गरे। अहिले उनले आफ्नो घरकाे दूध सङ्गै गाउकाे जम्मा ४५ लिटर दूध डाेकाेमा बाेकेर अल्गाटारि मा रहेकाे मालारानि दूध सहकारी ले सन्चालन गरेकाे डेरिमा ल्याउनछन । उनले अहिले एक हजार वाेयलर कुखुरा,बाख्रा सङगै रमाउदै स्वदेशमै राम्रो आम्दानी गरिरहेका छन्।
समाजसेवामा सक्रिय उनले आत्मनिर्भर बन्न प्रेरित गरिरहेका छन्। बसन्त बहादुर चाैहान भन्छन्, “नेपालमै सम्भावना छ, हिम्मत र इमान्दारिताले केही गर्न सकिन्छ।”
उनको यो संघर्षशील यात्राले धेरै युवाहरूलाई सिकाइ दिएको छ—”हिम्मत, आत्मनिर्भरता, र मेहनतले जस्तोसुकै परिस्थितिलाई पनि जित्न सकिन्छ।”