जिल्ला स्तरिय माैरि पालन कार्यक्रमको समापन

कृषि ज्ञान केन्द्र अर्घाखाँचीको जिल्ला स्तरिय माैरि पालन तालिम कार्यक्रमको आज समापन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जिबनाराण काेईराला प्रमुख अथिति रहनुभएकाे थियो ।बिशिस्ट अथितिकाे रुपमा प्रमुख जिल्ला अधिकारि बाबुराम अर्याल रहनु भएकाे कार्यक्रमको अध्यक्षता कृषि ज्ञान केन्द्र अर्घाखाँची प्रमुखले गर्नु भएको थियोे ।


माैरि पालन सम्बन्धि तालिम कार्यक्रम शुक्रबारदेखि शुरु भएर आज सम्पन्न भेको हो ।  प्रशिक्षक अनिरुद्र सुक्लाले सहजिकरण गर्नु भएकाे थियो । माैरि पालन किसानलाई मालारानि गाउँपालिका – ३ मा रहेकाे फर्ममा लगेर  प्रयोगात्मक कक्षा समेत गराईएको थियो । कार्यक्रमकाे सन्चालन कृषि ज्ञान केन्द्र अर्घाखाँची कृषि अनुसन्धान अधिकृत सारदा आचार्यले गर्नु भएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार