८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

अर्घाखाँची : पाणिनी ७ को भगवती सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा न्यौपाने

न्युज संवाददाता / पाणिनि न्युज डट कम । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वाड न. ७ को भगवती सामुदायिक बन उपभोक्ता समुहको भेला आज सम्पन्न भएको छ । भेलाले शंकर न्यौपानेको  अध्यक्षतामा १५ सदस्यीय बन उपभोक्ता समिति र चन्द्रकुमार श्रेष्ठको सयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति  गठन गरेको छ । नबनिर्बाचित अन्य पदाधिकारीमा उपाध्यक्ष गणेश श्रेष्ठ, सचिव मानकुमारी सोमै र कोषाध्यक्ष  माया खनाल रहनुभएको छ ।

May be an image of 3 people and people studyingयस्तै भेलाले तुल्सिराम श्रेष्ठ, शालिकराम न्यौपाने, पबित्रा अधिकारी, सम्झना थापा, मोहन राहुल, लक्ष्मी बि. क., बाल कुमारी कब्दार, फर्सुराम बन्जाडे, राम प्रसाद पोख्रेल, सकुन्तला कब्दार र साबित्रा थापा रहनुभएको छ । यस्तै आजै चन्द्रकुमार श्रेष्ठ संयोजक रहेको सल्लाहकार समिति पनि गठन भएको छ जसको सदस्यहरुमा दिलमाया कब्दार, थानेस्वर अधिकारी, लोक बहादुर राना र लुम बहादुर थापा रहनुभएको छ ।

कार्यक्रममा पाणिनि गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष गुनाखर अधिकारी, जनप्रतिनिधिहरु, नेपाली कांग्रेस पाणिनिका सभापति तुल्सीराम पौडेल, लगायत स्थानीय राजनैतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, तथा स्थानीय उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार