नेकपा एमालेले आफ्नो वडा केन्द्रीत पार्टी निर्माण अभियान अन्तर्गत आज अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम पाणिनिको दुर्गाफाटमा सम्पन्न गरेको छ । गाउँपालिका कमिटी अध्यक्ष गुनाखर अधिकारिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख बक्ताको रुपमा लुम्बिनी प्रदेश सचिवालय सदस्य राम्जी प्रसाद गिमिरे रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले एमालेलाई अहिले चौतर्फी घेरा बन्दी गर्न खोजिएको प्रती सचेत रहन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो । देशमा मौलाउदै गएको अराजकताको नियन्त्रण जरुरी भएको भन्दै गणतन्त्रबादी दलहरू एक ठाउँमा उभिनुपर्ने पनि बताउनु भएको छ ।
एमाले नेता घिमिरेले नेतृत्वदेखि देखि कार्यकर्ता सम्म सुदृढीकरण हुनुपर्ने भन्दै एमाले बलियो भए मात्र देशमा स्थिरता आउने दावि गर्नु भएको छ ।
कार्यक्रममा एमाले नेता तथा प्रदेश कमिटी सदस्य कुटमदिन अलिले पाटी भित्रको एकता बलियो भएमात्र जनताको मन जित्न सकिने बताउदै पार्टी र सङ्गठन बलियो बनाउन प्रत्येक स्थानीय कमिटी देखि कार्यकर्ता र उच्व नेतृत्वले आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
एमाले जिल्ला कमिटी अर्घाखाँचीका सचिव तोज बहादुर रायमाझीले असल संस्कारको बिकास गर्न जरैदेखि सुधारको खाचो रहेकोमा जोड दिनुभएको छ ।
कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी गौतमले समेत कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
एमाले जिल्ला कमिटि सदस्यहरु पार्वता सुनार, गोबिन्द के.सि. , सुनिता भट्टराई, नजिर मोहमद मिया, पाणिनी गाउँपालिका कमिटी उपाध्यक्ष माधव गौतम लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा एमालेका पालिका, वडा तथा टोलकमिटीका पदाधिकारी तथा सद्स्यहरुलाई प्रशिक्षण प्रदान गरिएको सो पाटिले जनाएको छ।
कार्यक्रमको संचालन पाणिनी गाउँपालिका कमिटी सचिव झविन सुनामले गर्नुभएको थियो ।