८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा बिमा दाबी रकम हस्तान्तरण

दाङ, १९ चैत । लमही नगरपालिका–३ नारायणपुर गाउँ निवासी टुङकली डागी लाई मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, बनगाऊ दाङ शाखाले मंगलबार बिमा दाबी रकम हस्तान्तरण गरेको छ।

मेरो नारायणी महिला केन्द्रमार्फत बचत तथा कर्जा कारोबार गर्दै आएकी डागी का श्रीमान् को लिल बहादूर डागी क्षेत्री २०८१ षौष १६ गते दुर्घटनामा परि निधन भएपछि काजकिरिया रकम रकम २१ हजार रुपैया हस्तान्तरण गरिएको हो।

डागी २०७४ सालदेखि समूहमा आबद्ध भई लघुवित्तीय कारोबार गरिरहेकी थिइन्। बिमा दाबी रकम हस्तान्तरण गरिएको विषयमा जानकारी दिँदै मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, बनगाउ दाङशाखाका प्रबन्धक सन्तोष पोखरेल संस्थाले सदस्यहरूको हितका लागि आवश्यक सेवाहरू उपलब्ध गराइरहेको बताउनुभयो ।तथा डागिले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,प्रति परिबारमा आफ्नो घरमा दु:ख पर्दा मलम पटी लगाइ दियको मा संस्थालाई धन्यबाद दिनुभयो ।।।

हाल मेरो माइक्रोफाइनान्सले देशभरका ६४ जिल्लामा १४९ शाखामार्फत १ लाख ८० हजारभन्दा बढी घरपरिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार