पाणिनी गाउँपालिकाको ऎतिहासिक धरोहर पाणिनी तपोभुमिमा यहि २७ र २८ गते हुने सम्मेलनले गाउँपालिकाको पहिचान स्थापित गराउन मद्दत पुग्ने बिश्वास लिइएको छ ।
पालिकाको नाम र यसको धार्मिक तथा पर्यटकीय संभावनालाई स्थापित गर्दै यहाँ रहेका प्रचुर आकर्षकको प्रचारप्रसारमा सम्मेलन कोशेढुङ्ग्गा सावित हुने आशा रहेको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताउनुभयो ।
जिल्लाको पाणिनी गाउँपालिका, छिमेकी जिल्ला पाल्पाको रैनादेवी छहरा गाउँपालिका, पर्यटन बिकास परिषद लुम्बिनी र नेपाल पर्यटन बोर्डको आयोजनमा २७ र २८ चैतमा हुने सम्मेलनका लागि सबैको चासो रहेको पनि देखिन्छ ।
स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा राजनैतिक दलहरू समेत प्रचारप्रसारमा लागिरहेका बेला संचार माध्यमहरुले पनि सम्मेलनलाई विशेष महत्त्व दिएका छ ।
सम्मेलन सफल पार्न गाउँपालिकाले विभिन्न कार्यक्रमहरु समेत गरिरहेको छ । सम्मेलन उद्घाटन गर्न यहि चैत २७ गते प्रधानमन्त्री के.पि. शर्मा ओलि तपोभुमी दह आउने कार्यक्रम रहेको छ ।