काशीराम घिमिरे
अँध्यारो जिवनलाइ शिक्षाको ज्योतिमार्फत उज्यालो तर्फ अग्रसर गर्ने । अनुसाशन, ज्ञान ,बुद्धि ,विवेक ,सिकाउने सभ्य भाषा सिकाउने ,शिक्षा ,दीक्षा दिने, जिवनको सफलबाटोमा हिंड्न् सिकाउने ,निस्वार्थ, भाव हुन्छ गुरुबर्गको ।जिवनमा चार पितामा जन्मदिने बुवा आमा, शिक्षा दिने गुरु, आध्यात्मिक ज्ञान दिने गुरु ,यी सबै आफ्ना गुरु पर्दछ्न।उनिहरुलाइ आफ्ना छोराछोरी लाई सधै सत्य मात्रै सोच गर्दछ्न।जति आफ्ना माता पिताले आफ्ना छोराछोरी प्रती सकारात्मक भाव राख्दछ्न।आध्यात्मिक ज्ञान दिने गुरु र शिक्षा गुरुले आफ्ना शिष्य चेला हरु विद्यार्थी हरुलाइ सधैं सकारात्मक सोच गर्दछ्न। बिस्वमा देशको नेतृत्व तह देखि हरेक प्रशासनिक क्षेत्रका ब्यक्ती बौद्धिक ब्यक्ती उत्पादन गर्ने सक्षम ब्यक्तीको उत्पादन यिनै गुरुबर्गले गरेका हुन्छन् ।आफ्नो गुरुलाइ देख्ने बित्तिकै आफ्ना शिष्य झुक्छ्न श्रद्धा गर्दछ्न सम्मान प्रकट गर्दछ्न।गुरु र चेला बिचको सम्बन्ध कति आत्मीय हुन्छ ।कति मिठास हुन्छ।कति गहिरो हुन्छ ।यसको मापन नै हुँदैन ।
गुरुबर्ग सँग आफ्ना चेलाप्रती सधैं एउटा सोचाइ हुन्छ।मेरो विद्यार्थी मेरो चेलो, मेरो छोरो, कसरी ज्ञानि हुनसक्छ, कसरी सक्षम हुन्छ ।र देशको प्रशासनिक क्षेत्र देखि , नेतृत्व तह सम्म ,कसरी पुग्न सक्छ।उनिहरु आफ्नो चेलोलाइ बौद्धिक, सक्षम र एक देशभक्त समाजसेवी भएको देख्न चाहन्छ्न।उनिहरुको सम्पत्ति नै यहीँ हो।
आफ्ना विद्यार्थी बर्ग हरु देशको माथिल्लो तहमा पुग्दा उनिहरुलाइ साच्चिकै एउटा गर्वको अनुभुती हुनेगर्दछ।
हामी विद्यार्थी बर्गले गुरुलाइ सकारात्मक रुपमा बुझनुपर्छ।उनिहरु आफ्ना चेलाप्रती नकारात्मक भाव राख्दैनन् ।गुरुले दिएका दिब्य उपदेश हरु ,अनुसरण गर्नु, सिक्नु पर्छ।गुरुले देखाएको सहि बाटोमा हिड्न, मिहिनेत गर्नुपर्छ।यदि हामिले आफ्ना गुरुका सहि तर्क, सहि बिचार, हरु अनुसरण गर्न सकेनौं र उनिहरुका भाव हरु अर्ति उपदेशलाई गलत रुपमा बुझ्यौ भने र गलत ठानी गलत लाल्छ्ना लगाउदै हिड्यौ र तथ्यहिन लाल्छ्ना लगायौ भने गुरुको मन कस्तो होला ?कति दुख्ला उनिहरुले जिवनमा ज्ञान बुद्धि बिबेक सिकाएका शिष्यले गलत भान्यौ भने उनिहरुको आत्म कस्तो होला ।हरेक विद्यार्थीले गुरुले भनेको कुरा सहि हो या गलत हो यसको बिस्तृत अध्यन नगरी सामाजिक संजाल आएर आफ्ना गुरुप्रती गलत अभिव्यक्ति दिनु र कुनै प्रमाण नहुनु आफैमा लज्जित विषय हुने गर्दछ।कित तथ्य अनुरुप प्रस्तुत हुनुपर्यो अन्यथा समाजबाट अन्यलाई नङ्याउछु भन्दा आफै नङिन सकिन्छ।आफ्ना बोलेका हरेक सब्दहरुको उत्तर आफैसँग हुन सक्नुपर्छ कुनै पनि कुरा तथ्यप्रमाणमा आधारित भएर प्रस्तुत हुन सक्नुपर्छ ।यदि कुनै ब्यक्ती अन्ययमा परेको छ भने, पहिले उक्त ठाउँमा त्यसको समाधान खोज्ने हो।मलाई कसरी यस्तो भयो राम्रोसँग बुझ्ने हो !आफुभित्र जहाँ अन्याय भयो त्यहीँ समाधान खोज्ने हो।त्यहाँबाट समाधान भएन आफु साच्चिकै अन्यायमा परेको अनुभुती भएमात्र राज्यका न्यायीक निकाय सँग पुग्नेहो।यसबाट उक्त घटना के कस्तो प्रकृतिको हो छानबिन होला निकास निस्केला ।तर आफ्ना गुरुबर्गले भनेका सत्य कुरालाई बङ्याइ ढाली गलत बुझी सामाजिक संजाल प्रयोग गरियो भने कि त ती कुराको तथ्य हुनुपर्यो कित आफुले भनेका कुराको जवाफ देहि हुनुपर्यो प्रमाण बिना कसैलाई लाल्छ्ना नलगाऔ।
कुनै ब्यक्ती देश प्रेमी राष्ट्रप्रेमी हुन्छ्न देश भक्ती भावनाले उत्प्रेरित ब्यक्तिलाइ गलत तह बाट नबुझौ। उनिहरुका हजारौं लाखौ शुभेच्छुक, शुभचिन्तक हुने गर्दछ्न ।हामिले यसरी तथ्यहिन कुराले हिलो छ्याप्ने प्रयास गर्यो भने बौद्धिक सामाजिक र सम्मानित बर्ग लाई पाखा लगाउने प्रयास गर्यो भने बौद्धिक बर्ग समाप्त पार्ने योजना तिर लाग्यौं भने देश कसरी बन्छ !समाज कसरी बन्छ ।
त्यसैले कसैले पनि आफ्ना गुरुप्रती असत्य नगरौं उनिहरुले आफ्ना चेलाप्रती नराम्रो गर्दैनन् ।गुरुप्रती आत्मीय भाव राखौ सम्मान गरौ श्रद्दा गरौ अनिहरुले देखाएको सहि बाटो हिड्नु जिवनको सहि गन्तव्य हुनेछ।
हामिहरु हरेक बौद्धिक बर्गले पनि सामाजिक संजाल प्रयोग गरेर अनुको अबमुल्यन हुने काम नगरौं सत्य तथ्य घटना मात्रै प्रारथमिकता दिउँ।
अन्धकारमय जिवनलाइ शिक्षा ज्ञान बुद्धि बिबेक दिने गुरुप्रती सधैं सम्मान गरौँ ।उनिहरुका अर्ती उपदेशलाइ सधैं अनुसरण गर्न सकौ आफ्ना गुरुबर्ग प्रती श्रद्धा प्रकट गरौँ उनिहरुको आत्मा नदुखाउ ।किनकी उनिहरु दशकौ दशक जिवनको आधा सताब्दी नै यहीँ पेशमा आबद्ध हुने गर्दछ्न । बौद्धिक शिष्य हरुनै उनीहरुको मुख्य सम्पत्ती हो।उनिहरु सँग केवल ज्ञान हुन्छ ।नरम भाव हुन्छ।जसले सकारात्मक बाटोको सहि गन्तव्य कोरिदिन्छ्न।
जति जति आफ्नो गुरुको उपदेश हरु सहि रुपमा लिने गर्दछौ हामी त्यति त्यति सफलता हासिल गर्दछौं ।त्यसैले सबैले आफ्ना शिक्षक प्रती गुरु प्रती सधैं श्रद्धा सम्मान प्रकट गरौँ । सत्य गरौ सत्कर्म गरौ। गुरुको आत्म सधैं खुशी बनाऔं ।गुरुका दिब्य उपदेश अर्ती हरुको सहि परिपालना गरेर मात्रै उनिहरु प्रतीको सम्मान हुनेछ।