सुभाष ज्ञवाली/ गुल्मी
पब्लिक लुम्बिनी युनाईटेड अस्पताल खर्ज्याङ्ग, गुल्मीले एक समारोहकासाथ भित्तेपात्रो बिमोचन गर्दै नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रमका साथ अस्पतालको प्रतिबेदन समेत प्रस्तुत गरेको छ। अघिल्लो अबस्थामा जेजस्ता समस्यासंग जुध्नुपरेपनि ०८१ चैत्र १ गतेदेखी यता अस्पतालको सेवा अत्यन्त गुणस्तरीय हुदै गएको कुरा विभिन्न सूचकहरुबाट प्रमाणित भएको बताएको छ, प्रचार प्रसार र विश्वास शेयर सदस्यको अनुदार प्रवृत्ति आदि कारणले अस्पताल वोझेलमा परीरहेको र स्तरीयसेवा उपलब्ध हुदाहुदै अज्ञानतावस सेवाग्राहीले सेवा नलीइरहेको कुरा अन्तर्कृयाको निश्कर्ष छ।
अस्पतालको सभाहलमा सम्पन्न उक्तकार्यक्रको संचालन वरिष्ठ सल्लाहकार नारायण अर्यालले गर्नुभयो। संचालक समिति सदस्य मदन ज्ञवाली ले स्वागतभाषण गर्नुभयो, संचालक समिति सदस्य तिलकराम घिमिरेले अस्पतालको प्रतिवेदन वाचन गर्नुभयो।
अस्पतालका वरिष्ठ डा. शिव कडेल (mdgp) ले समयमै सल्लाहलिदा, स्वास्थ परीक्षण गर्दा उचितहुने कुराराख्दै उपचारकालागी निसन्देह आउन आव्हान समेत गर्नुभयो।
विभिन्न व्यक्तित्वहरुले उत्साहपूर्वक भगलिनुभएको अन्तर्कृयामा अस्पतालका तर्फबाट संचालक नारायण अर्याललेनै भूमिका निर्वाहगर्नुभएको थियो।
उपस्थित सदस्यहरुमध्येबाट ७० बर्षमाथी उमेरका सातजनाजेष्ठ नागरिकबाट भित्तेपात्रो बिमोचन गरिएको थियो।
अस्पतालसंचाक सदस्य तथा प्रवक्ता धाता भण्डारीको सभापतित्वमा संचालन भएको उक्तकार्यक्रमलाई भण्डारीले गहन सम्बोधन गर्नुहुदै सभा समापन गर्नुभयो।
समापन पछी क्यालेण्डर वितरण, फोटोसेसन र चियानास्ता पछी कार्यक्रम सकिएको थियो।
“अस्पतालको सेवाका बिषयमा आफैलेबुझौं परीक्षण गरौं र अरुलाई पनि बुझाऔं।”