कमला घिमिरे / पाणिनी ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले आलु खन्ने काम सुरु गरेको गाउँपालिकाले बिहीबारदेखि आलु खन्ने कामको सुरु गरेको हो ।
गाउँपालिकाले खाली खेतमा आलु लगाएको थियो । आलु खन्ने सिजन सुरु भएसँगै बिहीबार देखि आफूहरूले पनि आलु खन्ने काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । उहाँले आलु लगाइएको क्षेत्रको एक भाग खन्दा दश क्विन्टल बढी उत्पादन भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँपालिकाले खाली खेतमा आलु लगाएको थियो । हामीले बिहीबारदेखि आलु खन्ने काम सुरु गरेका छौँ । आलु लगाइएको भागमध्ये एक भाग खन्दा दश क्विन्टल बढी उत्पादन भएको छ ।”
गाउँपालिकाले शुक्रबारदेखि उत्पादन भएको आलुको बिक्री वितरण सुरु गरेको छ । गाउँ कार्यपालिकाको बुधबारको निर्णय अनुसार शुक्रबार आलुको बिक्री वितरण सुरु गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले दुई प्रकारको मूल्य तोकेको छ । एकै पटक ४० किलोग्राम वा सो भन्दा बढी आलु खरिद गर्ने किलो ५० रुपैयाँमा पाउनेछन् । यस्तै, ४० किलोग्राम भन्दा कम आलु खरिद गर्नेले प्रतिकिलोग्राम ५५ रुपैयाँ तिर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।