अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका अन्तर्गतको वडा नम्बर ११ काे डिभर्ना स्वास्थ्य चौकी पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता,नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका विशेष अतिथिहरुमा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल ,स्वास्थ्य कार्यालय अर्घाखाँची प्रमुख शिव नेपाली र स्वास्थ्य कार्यलय अर्घाखाँची जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोखरेल ,नगर प्रजनन स्वास्थ्य समन्वय समितिका पदाधिकारी ,वडा प्रजनन स्वास्थ्य समन्वय समितिका पदाधिकारी,स्वास्थ्य सस्थाका प्रमुखहरु,पूर्व वडा अध्यक्ष धुर्वराज आचार्य ,वडा नम्बर ११ का राजनीति दलका प्रमुख तथा प्रतिनिधि हरु ,समाजसेवी व्यक्तित्वहरु, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरु,आमा समुहका सदस्यहरु स्वास्थ्य चौकीका सम्पूर्ण स्टाफहरु,वडा कार्यालयका कर्मचारीहरु वडा सदस्यहरु,स्वास्थ्य शाखाका कर्मचारीहरु नेपाल पत्रकार महासङ्ग अर्घाखाँचीका अध्यक्ष गणेश खनाल लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भयकाे हाे भने कार्यक्रम सन्चालन सन्धिखर्क नगरपालिका जनस्वास्थ्य निरिक्षक प्रकाश परियार गर्नु भयकाे थियो ।