जातीय छुवाछूत अन्त्यका लागि अभिमुखिकरण कार्यक्रम अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा न ५ मैदानमा आज सम्पन्न भएको छ ।
कार्यक्रममा जातीय छुवाछूत अन्त्यका लागि दलित र गैरदलितको सम्बन्धी हिंसा सम्बन्धि, दलितका ऎन नीति हक अधिकारको बारेमा प्रष्ट परिएको थियो ।
कार्यक्रमको अध्यक्ष पाणिनि गाउँपालिका वडा न. ५ का वडा सदस्य पार्वता सुनार रहनुभएको थियो । कार्यक्रममा पाणिनि गाउँपालिका वडा न. ५ का वडाध्यक्ष ईन्द्रमणि घिमिरेको प्रमुख आतिथ्य तथा नेपाली काग्रेस गाउँ कार्य समिति सभापती गणेश घिमिरे, नेकपा एमालेका प्रतिनिधि हरिलाल भट्टराई, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य बिमला घिमिरे सहितले सबै दलित र गैरदलित सम्बन्धि हिंसा नगर्ने, जात भनेको मात्र दुई जात छन्न तर पहिला कामको आधारमा छुट्टाएको भएपनि पछि यसलाई दलितको आधारमा बिभाजन गरेर दलित भनी उपनाम दिएर हिंसा गरेर धर्म,सामाजिक, मुल्यमान्यता रितिरिवाज पीडा कुरुती जस्ता समस्यका कारणले गर्दा अहिले दलित विभेद र हिंसा भएकोमा एकमत राखेका थिए ।
यस कार्यक्रममा स्वागत मन्तब्य पाणिनि गाउँपालिका वडा न. ५ पशु शाखा प्राबिधिक कृष्ण प्रसाद घिमिरे र शिर्जनशिल अपाङ्ग बिकास केन्द्रका सचीव कमला परियारको सचालनमा कार्यक्रम सप्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण कुलबहादुर नेपालिले गर्नुभएको थियो ।