लक्ष्मी खनाल
अर्घाखाँची ।
सन नेपाल लाइफ़ इन्स्योरेन्सअर्घाखाँचीले जेठ १७ गते शनिवारको दिन आफ्नो संस्था देशभर बाट दोस्रो स्थान हासिल गरेको अवसरमा सेलिब्रेसन कार्यक्रम सम्पन्न गरेको छ ।
सन नेपाल लाइफ़का CEO राज कुमार अर्यालले पानसमा बत्ती को साथै फूलको गमलामा पानी राखेंर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो
उहाँले शुभकामना मन्तव्यको क्रममा बीमा आफैमा बीमा नभएर सम्पति भएको दाबी गर्दै आफ्नो जीवन सुरक्षित गर्न सुख दुखमा सहयोगको लागि सन लाइफमा आबद्ध हुनुपर्ने कुरा बताउनु भयों ,
कार्यक्रममा दुई दर्जन भन्दॉ बढ़ी बीमा अभिकर्तालाई सम्मान समेत गरिएको थियो ,
अर्घाखाँची शाखा प्रमुख मीना बस्यालले अर्घाखाँची नेपाल भर बाट दोस्रो हुनमा सम्पूर्ण अभिकर्ता र बीमाकर्मी को अथक मिहीनतको प्रतिफल बाट सम्भव भएकोले सबै प्रति आभार व्यक्त गर्नुभएको थियो
कार्यक्रममा बीमाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा केकसमेत काटेर भव्यताका साथ सेलिब्रेसन समेत गरी ख़ुशी मनाईएको थियो।
कार्यक्रम अर्घाखाँची हितकोषका अध्यक्ष सुष्मॉ श्रेष्ठको अध्यक्षता प्रमुख अथिती सन नेपाल लाइफ़का CEO राज कुमार अर्याल र विशिष्ट अथिती सन्तोष क्षेत्री साथै गोमा सापकोटाको स्वागत मन्तव्य र मीना बस्यालको संचालमा भएको थियो।


