१४औ रास्ट्रपति रनिङ सिल्डको उपाधी सन्धिखर्कलाई भलिबल प्रथम सङै उपबिजेता बन्यो पाणिनी
अर्घाखाँची को सन्धिखर्कमा हिजो देखि सुरु भएको १४ औ रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज सम्म्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकाले १४ वटा स्वर्ण सहित प्रथम भएको छ भने २ वटा नगरपालिका र सबै गाउँपालिका लाई पछि पार्दै ७ वटा स्वर्ण सहित पाणिनी उपबिजेता बनेको छ । छात्र तर्फको भलिबलमा पाणिनी प्रथम भएको छ । त्यस्तै सन्धिखर्क द्धितिय हुँदा भुमिकास्थान तेस्रो भएको छ ।यस्तै छात्रा भलिबल तर्फ भुमिकास्थान प्रथम भएको छ । द्धितिय सन्धिखर्क हुँदा पाणिनी तृतीय भएको छ। पछिल्लो समय पाणिनी भलिबलको हव बन्दै गएको छ। यस्तै गरि पाणिनी गाउँपालिकाले खेलकुदमा बिशेश चासो राख्दै खेल र खेलाडीको बिकासका लागि पनि थुप्रै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पालिकाले खेलकुदमा प्राप्त गरेको पछिल्लो सफलता पनि खेलाडीको अथक मेहनत सङ्गै पालिकाको सकारात्मक चासो पनि जोडिएको खेलप्रेमिहरुले बताएका छन ।


