अर्घाखाँची । पाणिनी गाउँपालिका वार्ड नं -७ को आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक कार्यक्रम अनुसार शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय अभिभावक संघका अध्यक्ष र सम्पूर्ण विद्यालयका शिक्षकहरूलाई एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पाणिनी गाउँपालिका वडा न. ७ को सभहलमा सम्पन्न कार्यक्रम पाणिनी -७ का वडा अध्यक्ष गुनाखर अधिकारीको अध्यक्षता र पाणिनी गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेलको प्रमुख आतिथ्यमा सप्पन्न भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने,जिल्ला समन्वय समितिका सदस्य कमलप्रसाद घिमिरे, पाणिनी शिक्षा शाखा प्रमुख तेजबहादुर खनाल पाणिनी शिक्षा समिति सदस्य तुलसीराम पौडेल, शालिकराम बेलबासेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा कालिका मानवज्ञान माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक घनश्याम पाठक रहनुभएको थियो ।
यस्तै राष्ट्रिय अभिभावक सङ्घ नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली र कालिका मानवज्ञान माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितानन्द ज्ञवाली लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रममा पाठकले बिद्यार्थीको चाहाना मुताविक अध्यापन गर्न, कुशल ब्यवस्थापन र प्रशासन, शिक्षकको कार्यशैलीमा सुधार गर्दै पठन शैली योजना सहितको बनाउन र अभिभावक सचेतना अनिवार्य सर्त रहेकोमा जोड दिनुभएको छ । कार्यक्रममा सहभागीहरुले पनि आफुहरुलाई यस्ता कार्यक्रम गति मिल्ने बिश्वास ब्याक्त गरेका छन ।
कार्यक्रमको ७ नम्बर वडाका सचिव निर्मला चालिसीले सञ्चालन गर्नुभएको थियो ।
वडा न . ७ ले शिक्षण सुधारका लागि यश अघि वडामा रहेका ३ वटा माध्यमिक बिद्यालयमा अतिरिक्त कक्षा ब्यवस्थापनका लागि समेत आर्थिक सहयोग गरेको थियो ।