२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

विद्या विनोद मावि, पाणिनी–७ मा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

 

पाणिनी, अर्घाखाँची – पाणिनी गाउँपालिका वडा नम्बर ७ स्थित विद्या विनोद माध्यमिक विद्यालयको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि लक्षित अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ।

आज सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीका अभिभावक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता र पाणिनी ७ का वडा अध्यक्ष गुनाखर अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।बिद्यालयका  प्रधानाध्यापक माधव भुसालले स्वागत गर्नुभएको कार्यक्रममा पाणिनी गाउँपालिका शिक्षा समिती सदस्य  तुल्सिराम पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षकहरु, अभिभावक प्रतिनिधि, समाजसेवीहरु लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाको समग्र विकासका लागि घर–परिवार र विद्यालय बीचको समन्वय अपरिहार्य रहेकोमा जोड दिएका थिए। शिक्षक अभिभावक सम्बन्ध, विद्यार्थी अनुशासन, अध्ययनको प्रवृत्ति, अभिभावकको भूमिकालगायत विषयमा विचार प्रस्तुत गरिएको थियो।

पाणिनी गाउँपालिका शिक्षा शाखा प्रमुख तेजबहादुर खनालले सहजीकरण गर्नुभएको कार्यक्रममा विद्यालयको शैक्षिक प्रगतिका लागि अभिभावकको सक्रिय सहभागिता र नियमित सहकार्य आवश्यक रहेको जोड दिनुभएको थियो।

पाणिनी गाउँपालिकाका विभिन्न तहमा रहनुभएका कर्मचारीहरुको समेत आतिथ्य रहेको कार्यक्रमको संचालन शिक्षक इन्दिरा थापाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार