खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पार्टी एमाले माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ।शनिबार नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदको भेलाले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, जनवर्गिय संगठनका केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश पदाधिकारीहरु केन्द्रीय विभागका सदस्यहरु र जिल्ला अध्यक्षहरु उपस्थित हुने नेकपा एमाले माधव समूहका नेता भीम रावलले बताएका छन ।।

राष्ट्रिय भेलाले महत्वपूर्ण निर्णय गर्ने उनको भनाई छ। शनिबारको भेलाले प्रधानमन्त्री ओलीले नेकपा एमालेलाई फुटाउने गरी शुक्रबार जिम्मेवारी हेरफेर सम्बन्धी निर्णय गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिए। प्रधानमन्त्री ओलीले गरेको निर्णय विधान र नियमावली विपरित रहेको उनले बताए।
माधव समूहको भेलाले केही नेतालाई जिम्मेवारी समेत दिएको जानाकारि गराउदै उनले प्रदेश नं. १ को इन्चार्जमा भीम आचार्य, प्रदेश नं. २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशको ईन्चार्जमा भीम रावललाई जिम्मेवारी दिइएको जानाकारि गराएका छन।
त्यसैगरी रघुजी पन्तलाई युवा, गोकर्ण विष्टलाई विद्यार्थी, प्रमेश हमाललाई बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार