नागरिकता लिने तयारीमा रवि लामिछाने,आज नागरिकता लिने प्रक्रिया सुरू गर्ने

काठमाडौं ।
रवि लामिछानेले नागरिकता लिने तयारी गरेका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्न लागेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि आज कार्यालयमा आउने जानकारी आएको छ।

‘उहाँ आज जिल्ला प्रशासन कार्यालयमा आउने सुनेको छु। नेपाली नागरिकताका लागि उहाँले प्रक्रिया अगाडि बढाएपछि त्यसबारे हामीले गृह मन्त्रालयसँग समन्वय गरी नागरिकता दिनेबारे प्रक्रिया अघि बढ्छ,’ जिप्रका काठमाडौं स्रोतले भन्यो।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्। यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार