बाग्लुङ ।
बाग्लुङका एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।
जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्त गंगा बहादुर थापाले जानकारी दिए। जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अंगमा जलेको थापाले बताए।
उनको अवस्था गम्भीर रहेको बताइएको छ।
बाग्लुङमा एक जनाले पेट्रोल छर्केर आत्मदाहको प्रयास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया

