प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं ।
प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि एउटा मात्रै कार्यसूची तय गरिएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तर्फबाट राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक,२०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

मंगलबार अपराह्नका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार