नेपाली कांग्रेसको केन्द्रीय समितिले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको म्याद पुनः थपेको छ। गत साउनमा ६ महिना थपिएको कार्यकाल माघमा सकिएपछि नौ वटा भ्रातृ संस्थाको म्याद फेरि थपिएको हो।
मंगलबार बसेको केन्द्रीय समितिको बैठकले तरुण दल, नेपाल विद्यार्थी संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, दलित संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको पदावधि थपेको हो।
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको अवधि बढाउनुपर्ने बाध्यात्मक अवस्था आएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए। कांग्रेसका भ्रातृ संस्थाले वर्षौं अधिवेशन गर्न सकेका छैनन्।