२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

चुनावले कसको सरकार बन्ने फैसला गर्छ : प्रधानमन्त्री

काठमाडौं । नेकपा ओली पक्षले काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि बृहत जनसभा गरेर प्रतिनिधिसभाको औचित्य प्रष्टाउदै गणतन्त्र र संघीयताको पक्षमा आफूलाई उभ्याएको दावी गरेको छ ।
नेकपा ओली पक्षको सभालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा गृहमन्त्री रामबहादुर थापा ले पार्टीका नेताहरु प्रचण्ड–माधव पक्षले नै सरकारलाई काम गर्न नदिएकाले प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको बताएका छन ।प्रतिनिधिसभा भंग गर्ने सरकारको निर्णयलाई प्रतिगामी र असंवैधानिक भन्दै त्यसविरुद्ध सबै राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका बेला प्रधानमन्त्री ओली र उनको पार्टीका नेताहरुले ओली नेतृत्वको नेकपा नै नेकपाको मुल पार्टी मात्रै नभएर देशकै मुल पार्टी भन्दै संघीयता र गणतन्त्रको रक्षा पनि यसैले गर्ने दावी गरे ।देश चुनावतर्फ गयो भन्दै ओलीले चुनावले कसको सरकार बन्ने भन्ने फैसला गर्ने बताए ।


अब देश चुनावमा गयो सरकार कसको बन्छ भन्ने फैसला चुनावले गर्छ , प्रधानमन्त्री ओलीले चुनाव गर्दा देश संकटमा पर्छ भनेर षड्यन्त्र गरेको भन्दै जनताको चेतनास्तरमाथि उठेकाले कसैले लोकतन्त्र नमासिने बताए । लोकतन्त्रको भविश्य उज्जल छ । लोकतन्त्र सुदृढ छ’ ओलीले कसैले प्रतिगमन नसोचे हुन्छ भनेर चेतावनी दिए ।
‘अस्थिरता होइन चुनावतर्फ जाउ म भन्छु । देशले सुन्नेगरी भनिदिनुस्, अस्थिरता होइन चुनाव चाहियो,’ ओलीले आफै नारा लगाएका थिए । उनले जनता के भन्छ रु भन्दै ‘अब सबैले सुन्यो होला’ भने । उनले प्रचण्ड माधवहरुले निर्वाचन आयोगहरुलाई धम्की दिएको भन्दै आफुहरु त्यस्तो धम्की नदिने बताएप्रधानमन्त्री ओलीले काठमाडौंमा शुक्रबारको सभा इतिहासकै ठूलो जनसभा भएको पनि दाबी गरे । उनले भ्रम फिजाउने तत्त्वहरुलाई चिरेर जनसभामा खडा भएको भन्दै नेता कार्यकर्ताको प्रशंसा पनि गरे । आफूहरुको जनसभा विथोल्न कतिपय ठाउँमा प्रचण्ड–नेपाल समूहले बम राखेर विप्लव लेख्ने काम भएको भन्दै जनसभा विथोल्नकै लागि हिजो हड्ताल भएको ओलीको दावी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार