भारतको बिहारमा एक जना १२ वर्षीया नेपाली बालिकाको हत्या भएको छ। बिहारको पूर्वी चम्पारण जिल्लामा ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो।घटना गत जनवरी २१ तारिखको हो। बिबिसी हिन्दीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका(३ का एक जना नेपालीको परिवार मजदुरीका लागि त्यहाँ गएको थियो।
सात वर्षदेखि उनीहरू मोतिहारीको कुन्डवा चैनपुरमा मजदुरी गर्थे। घटना हुनुअघि ती बालिकाकी आमा नेपाल आएकी थिइन्।
२१ जनवरीमा उनका बुवा मजदुरी गर्न गएका थिए भने दाइ कामको शिलशिलामा बजार गएका थिए।
साँझ चार बजेतिर डेरामा फर्किन लागेका दाइलाई घरबेटी सियाराम साहले रोक्न खोजे। उनी नरोकिएर डेरामा पुग्दा बहिनी घाइते भएर लडिरहेको देखे। बहिनीको यस्तो हालत देखेपछि उनले बुवालाई खबर गरे। काम छोडेर उनी तत्काल डेरामा आए।
ुमेरी छोरी भुइँमा लडिरहेकी थिई। उसको घाँटीमा रातो दाग थियो। मैले उसलाई उपचार गर्न स्थानीय डाक्टरहरूकहाँ लगें तर कसैले उपचार गर्न मानेनन्,ु उनका बुवाले घटनाको १२ दिनपछि प्रहरीलाई दिएको निवेदनमा भनिएको छ।
उपचार नपाएपछि ती बालिकाको मृत्यु भयो। मृत्युपछि गाउँका युवाहरू भेला भए।
पीडित बुवाले प्रहरी अधिकारीको मिलेमतोमा उनीहरूले छोरीको लास जबरजस्ती जलाउन लगाएको आरोप लगाएका छन
नेपाली बालिकाको बलात्कारपछि भारतमा हत्या, जबरजस्ती शव जलाउन लगाएको परिवारको आरोप
तपाईको प्रतिक्रिया