हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ जसका कारण सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिक देखि समान्य बदली रहि वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भूभागमा विहानपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।बुधबार देशभर आँशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।
उच्च पहाडी तथा हिमाली भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ । बिहीबार पहाडी भूभागमा आँशिक बदली रही बाँकी भुभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार देशभर आँशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रका थोरै स्थानहरुमा वर्षाको सम्भावना
तपाईको प्रतिक्रिया