१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

बैतडीमा काँग्रेस नेता साउद घाइते

काठमाडौं : बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गरेको छ । डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा नेकपा ओली समूहका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो । आक्रमणमा परी काँग्रेस पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य एनपी साउदसहितका नेता कार्यकर्ता घाइते भएका छन् । ओली समूहको आक्रमणबाट साउदको पेट र खुट्टामा चोट लागेको छ । आमसभा सभा चलिरहेका बेला ओली समूह आएर एक्कासी आक्रमण गरेको साउदका सहगोगी दिपक जोशीले जानकारी दिए ।

जोशीका अनुसार उनीहरुको ढुंगा लागेर कांग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशी, सुरेशसिंह विष्टलगायतका घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।ओली समूहका कार्यकर्ताहरुको ढुंगामुढापछि केही समय काँग्रेसको आमसभा बिथोलिएको थियो । जोशीको अनुसार उनीहरुको अवरोधपछि प्रहरी पुगेपछि कांग्रेसले पुनः कार्यक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार