काठमाडौं : बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गरेको छ । डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा नेकपा ओली समूहका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो । आक्रमणमा परी काँग्रेस पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य एनपी साउदसहितका नेता कार्यकर्ता भएका छन् । ओली समूहको आक्रमणबाट साउदको पेट र खुट्टामा चोट लागेको छ । आमसभा सभा चलिरहेका बेला ओली समूह आएर एक्कासी आक्रमण गरेको साउदका सहगोगी दिपक जोशीले जानकारी दिए ।
जोशीका अनुसार उनीहरुको ढुंगा लागेर कांग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशी, सुरेशसिंह विष्टलगायतका घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।ओली समूहका कार्यकर्ताहरुको ढुंगामुढापछि केही समय काँग्रेसको आमसभा बिथोलिएको थियो । जोशीको अनुसार उनीहरुको अवरोधपछि प्रहरी पुगेपछि कांग्रेसले पुनः कार्यक्रम गरेको थियो ।