१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

प्रचण्ड–माधव समूहका सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन

काठमाडौं :

नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई राजधानी उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् ।

उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ । अनौपचारिक भनिएको बैठकमा ८० जनाको हाराहारीमा प्रतिनिधिसभा सदस्यहरु सहभागी भएका थिए । आजको बैठकमा आइनपुगेका अरु सांसदहरुलाई तत्काल उपत्यका बोलाइएको हो ।
मंगलबार संसद् पुनर्स्थाना भएपछि चितवनमा रहेका प्रचण्ड र माधव नेपाल कार्यक्रम नै छोडेर काठमाडौं आएका थिए । काठमाडौ आए लगत्तै दुई अध्यक्षले भेटवार्ता र गतिविधि तीव्र पारेका बताइएको छ।

बुढानीलकण्ठ नै पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्ड र माधव नेपालले भेटेका थिए । यसपछि स्थायी कमिटी बैठक सकेर दलको बैठक बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार