काठमाडौं ।
मस्तिष्कघात भएपछि नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल बनेको चिकित्सकले जानाकारि दिएका छन् ।जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो ।शुरुमा दोस्रो हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई अस्पताल लैजान भनेका थिए ।
अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए । सिटी स्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि वीरबाट नर्भिक अस्पताल लगिएको थियो ।उनको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झाका अनुसार उहाँ कोमामा हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएको थियो र बान्ता फोक्सोमा पुगिसकेको थियो ।’सास फेर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्ता निकालिएको छ ।
सिटी स्क्यान गर्दा दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा रगत पुगेर ब्लक गरेको पाइएको डा. झाले बताएका छन । सुगर, प्रेसरलगायतका रोगबाट समेत पीडित जोशीले रगत पातलो बनाउने औषधि खाइरहेका थिए । यस्तो मानिसको सर्जरी गर्दा धेरै रक्तश्राव हुने भएकाले रगत जोहो गरेर सर्जरी गरेको उनले बताए ।
उहालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालले बताएको छ ।