काठमाण्डौ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुर्नस्थापनापछि सरकार अझ बलियो भएको बताएका छन ।
नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डौ सम्पर्क मञ्चले शनिवार काठमाण्डौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको सम्बोधनमा नेता नेम्वाङले संसद विघटन हुँदा काम चलाउ हुनुभएका प्रधानमन्त्री ओलीलाइ पुर्नस्थापनाले अझ दह्रो भएको बताएका हुन ।
उनले प्रतिनिधिसभा विघटन पछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गरेका छन । प्रतिनिधिसभा पुनस्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्रसम्मत भएको बताउने गरेका समेत नेम्वाङले बताएका छन । तर उनले अहिले पुनःस्थापित भएपछि फेरि संसदमा फर्किएकाले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि प्रष्ट पारेका छन।
प्रतिनिधि सभा पुनस्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको प्रति टिप्पणि गर्दै नेता नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताएका छन् ।अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङले बताएका छन् ।
नेता नेम्वाङले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताउदै अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको पनि नेता नेम्वाङले बताउनुभयो । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणीसमेत उनले गरेका छन् ।