२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको सरकारको दाबी

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच दोस्रो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधि बीचका बैठक सकारात्मक रुपमा सम्पन्न भएको छ । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले दोस्रो चरणको बैठक सम्पन्न भएको बताए ।उनले भने, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।सरकार र विप्लव समुह विच एकैदिन दुई चरणका वार्ता सम्पन्न भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार