२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

अब एमाले र माओवादीको अलग अलग यात्रा

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निष्कर्षमा पुगेको नेता झलनाथ खनालले जानकारी दिएका छन् । उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने पनि बताएका हुन ।
औपचारिक निर्णय आउन भने बाँकी रहेको छ । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए । यस्तै आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई सर्वोले ब्यूँताइदिएपछि रणनीति तय गर्न सोमबार प्रचण्ड,माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।

प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको असहमति हुँदाहुँदै कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले नेकपा पार्टीको नामबाट हुने यो अन्तिम बैठक हुन सक्ने बताएका छन् । यस प्रकारको बैठक यो अन्तिम हुन सक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनको चरणमा जाने नै भयो’ उनले भनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार