पुर्नस्थापना पछिको प्रतिनिधि सभाको दोस्रो बैठक आज

काठमांडौं : पुर्नस्थापना भएपछि प्रतिनिधि सभाको दोस्रो बैठक आज दिउँसो बस्ने भएको छ।बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने जानकारी संघीय संसद सचिवालयले दिएको छ।

यसअघि प्रतिनिधि सभा पुर्नस्थापना भएपछि फागुन २३ गते बसेको प्रतिनिधि सभा बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेको थिए।
बुधबार पनि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको भएपनि कांग्रेसले असंवैधानिक हुने गरी अध्यादेशहरू सरकारले ल्याएकोले संसदमा पेश हुन नदिने बताइरहेको छ। यसले आजको संसद बैठक पनि कार्यसुचिमा प्रबेश पाँउने वा नपाउने अनिर्णित देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार