२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

केपी शर्मा ओली र माधव नेपाल समूहबीचको वार्ता निष्कर्ष विहीन, नेपालले थाले आफुपक्षीय नेतासँग छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता बिना निष्कर्षसकिएको छ । पार्टी कार्यालय धुमबाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दै अघि बढाउने प्रतिवद्धता जनाएपनि आ–आफ्ना अडान नछोडेपछि सहमति जुट्नन नसकेको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पूर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरूको प्रभाव शून्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो । सो प्रस्तावअनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताहरुले दिएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको प्रतिक्रिया दिएका छन् । उनले भने– ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पूर्व एमालेको जुन पुरानो अवस्था हो, यो अवस्थामा पार्टीको संरचना, पदाधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकताबद्ध बनाउँ, आन्दोलनरत पनि अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौं भन्यौ । अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन ।”
नेता नेपाल पक्षका उपाध्यक्ष भीम रावलले पार्टी एकतावद्ध गरेर जाने विषयमा सबैको एकमत भएपनि सर्वोच्च अदालतको फैसला पछिका क्रियाकलापको प्रभाव शून्य बनाएर अघि बढ्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिए ।

वार्तामा कुरा नमिलेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको भेला बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफल लगत्तै नेता नेपालले उक्त छलफलबारे जानकारी दिन आफु पक्षीय सांसद तथा नेताहरुलाई बोलाएका हुन् ।

ओली र माधव पक्षबीच भएको छलफलमा फागुन २८ को निर्णय फिर्ता लिन ओलीले नमाने पछि माधव पक्षीय नेताहरुको छलफल बानेश्वरमा चलेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार