४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

बहराइनका राजकुमारसहितको टोली सगरमाथा चढ्न नेपालमा, ८० दिन यतै रहने

काठमाण्डौ : सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल आइपुगेको छ । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली विशेष विमानमार्फत नेपाल आइपुगेको हो । टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि रहेका छन् । आरोहण टोली ८० दिन नेपालमा रहने बताइएको छ ।बहराइनका लागि नेपाल राजदूत पदम सुन्दाससहित दूतावास परिवारले सोमवार बिहान राजकुमारसहितको टोलीलाई भेटेर आरोहणको शुभकामना दिएको छ ।

राजकुमार अल खालिफासहितको टोलीले गएको अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल पनि आरोहण गरिसकेको छ ।आरोहण टोलीले गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका बासिन्दाका लागि दुई हजार डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने कार्यक्रम पनि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार