१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

नेपाल समूहले भन्यो “देशभरका पार्टी कमिटी ब्युँताउछौ”

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने उद्घोष गरेको छ ।

पार्टि अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको छ ।
भेलाको अन्तिम दिन आज भेलामा सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा उपमहासचिव घनश्याम भुसालले अब जन संगठन र पार्टी कमिटी जेठ २ कै अवस्थामा ब्युँताउँछौं भनेका हुन ।

पार्टीको धेरै कमिटीमा आफूहरुको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उनले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने बताए । उनले हामी अधिकारिक हौं, उनीहरु समानान्तर गुटबन्दी भएको समेत बताएका थिए ।

यसरी एकाध महिना काम गर्ने हो भने एमाले पार्टीलाई बचाउन सक्ने र ओलीवादको पराजय हुने उनले बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार