काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक सोमबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन।उनकाका अनुसार बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुनेछन्। आइतबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेपछि देउवाले पदाधिकारी बैठक बोलाएको बुझिएको छ। पौडेलले आइतबार आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए।
पौडेल पक्षले कांग्रेस अनिर्णित बन्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको स्वेच्छाचारिता बढ्दै गएको बताएको छ। पौडेलले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा पनि अन्य दलसँग परामर्श गर्नुपर्ने बताएका छन्। तर, सभापति देउवा भने पछिल्लो समय वैकल्पिक सरकार गठनका लागि परिस्थिति नबनीसकेको भन्दै हतार गर्न नहुने बताउदै आएका छन्। जसपाभित्र विवाद बढेकाले पहिले उसको निर्णय पर्खिनुपर्ने देउवाको बताएका छन।