४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

काँग्रेसले जोशीको सम्झनामा तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं : नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्झनामा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने भएको छ।
सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार अर्थात आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको छ ।
यस्तै, १७ एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।
तीन दिन शोकसभा बाहेक कार्यक्रम पनि नगर्ने भएको छ । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने काँग्रेसले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ । मौसम खराबीका कारण विराटनगरमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल भने बैठकमा उपस्थित हुन सकेका थिएनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार