भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी डोज कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढीरहेको छ ।
सरकारी अधिकारीहरुले बताए अनुसार महाराष्ट्र, पञ्जाब र गुजरातमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ ।पछिल्लो २४ घण्टामा २९१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एकैदिन भारतमा ६२ हजार भन्दा बढी कोरोना संक्रमीत
तपाईको प्रतिक्रिया